गाैमुल खबर डटकम बुधबार २१, असोज २०८३ ०४:३३

एमाले गौमुल-२ मा दसैं–तिहार शुभकामना आदानप्रदान, नेता-कार्यकर्ताबीच आत्मीयता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज २०, २०८३
एमाले गौमुल-२ मा दसैं–तिहार शुभकामना आदानप्रदान, नेता-कार्यकर्ताबीच आत्मीयता

बाजुरा ःनेकपा (एमाले) गौमुल गाउँपालिका-२ नम्बर वडा कमिटीले विजया दशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

वडा कमिटीका अध्यक्ष नन्दबहादुर रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज देवबहादुर रोकाया प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा गाउँ कमिटी सचिव धनबहादुर रोकाया सहित गाउँ कमिटीका नेता, वडा कमिटीका पदाधिकारी तथा नेता-कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभदीपावलीको अवसरमा एकअर्कामा शुभकामना आदानप्रदान गर्दै आपसी भाइचारा, एकता र सद्भावलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रमले पार्टीका नेता-कार्यकर्ताबीच आत्मीयता बढाउनुका साथै संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउन सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा आगामी दिनमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउँदै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।May be an image of one or more people and mountain

May be an image of one or more people and mountain

प्रतिक्रिया