गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४९
Dho

काेल्टीमा ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट,

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १४, २०८०
काेल्टीमा ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट,

राजेन्द्र बहादुर रोकाया,काेल्टी : ईलाका प्रहरी कार्यालय कोल्टीले ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बुढीनन्दा नगरपालिकाको १ र २ नम्बर वडाका बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो ।

लुकाइछिपाइ बिक्रि गरिरहेको उक्त मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख केशब बहादुर खड्काले जानकारी दिनुभयो । सम्बन्धित वडाका जनप्रतिनिधि र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरिएको हो । 

बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि इलाका प्रहरी कार्यालय कोल्टीले मदिराको अवैध बिक्रिमा रोक्न नियमित जाँच गर्दै आएको छ । समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै खनालले प्रतिबन्धित लागुपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह गरीएको छ । 

३० लिटर मदिरा बनाउन प्रयोग गरीने पास र ५० लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरीएको हो । माघ १५ गतेदेखि संचालन जिल्ला स्तरिय चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई ब्यवस्थीत शान्त बातावरणमा सम्पन्न गर्ने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिईएको छ । 

प्रतिक्रिया