गाैमुल खबर डटकम बुधबार १४, असोज २०८३ ०४:११

मार्तडी-कोल्टी सडक नियमित सञ्चालन हुँदै, अवरुद्ध सडक मर्मतमा तीव्रता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज १३, २०८३
मार्तडी-कोल्टी सडक नियमित सञ्चालन हुँदै, अवरुद्ध सडक मर्मतमा तीव्रता

बाजुरा ःवर्षाका कारण विभिन्न स्थानमा पहिरो गएर अवरुद्ध बनेको मार्तडी-कोल्टी सडक नियमित सञ्चालनमा ल्याउने गरी मर्मत तथा अवरोध हटाउने काम तीव्र पारिएको छ।

बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी पूर्वाधार विकास कार्यालय, साँफेबगरले सडक मर्मत तथा पहिरो पन्छाउने काम सुरु गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन्।

वर्षायाममा ठाउँ-ठाउँमा पहिरो खस्दा लामो समयदेखि मार्तडी-कोल्टी सडक अवरुद्ध हुँदै आएको थियो। सडक अवरुद्ध हुँदा बाजुराको माथिल्लो क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई समेत आवतजावतमा कठिनाइ हुँदै आएको थियो।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने तथा सर्वसाधारणको आवतजावतमा समेत समस्या देखिएको थियो। सडक मर्मतको काम सुरु भएसँगै नियमित यातायात सञ्चालन हुने अपेक्षाले स्थानीयमा राहतको अनुभूति भएको छ।

सडक सञ्चालनका लागि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सम्बन्धित निकायसँग नियमित समन्वय तथा पहल गर्दै आएका थिए।

मर्मतको काम पूरा भएसँगै मार्तडीदेखि कोल्टीसम्मको यातायात सहज हुने र माथिल्लो बाजुरासहित हुम्ला-मुगुका नागरिकको आवतजावतमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया