गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१६

बाजुरामा भारी वर्षा कायमै, मौसमविद् भन्छन्-‘तत्काल सुधार हुने सम्भावना छैन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २१, २०८३
बाजुरामा भारी वर्षा कायमै, मौसमविद् भन्छन्-‘तत्काल सुधार हुने सम्भावना छैन

बाजुरा ः बाजुरा सहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। पछिल्लो समय निरन्तर वर्षा भइरहेकाले जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमसँग कुरा गर्दै बाजुरा सहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा अझै जारी रहने बताएका छन्।

निरन्तरको वर्षाका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम बढेको मौसमविद्हरूले बताएका छन्। वर्षाका कारण कमजोर भू-भागमा पहिरो जाने तथा नदी, खोला र खोल्सामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

मौसममा तत्काल सुधार आउने अवस्था नरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा रहन तथा बाढी-पहिरोको सम्भावना भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैबीच, स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने आधिकारिक सूचना र सुरक्षा सतर्कता सम्बन्धी निर्देशनलाई पालना गर्न समेत आग्रह गरिएको छ।

प्रतिक्रिया