गाैमुल खबर डटकम आइतबार २१, भदौ २०८३ ०३:१९

बडीमालिका-९ मा पहिरोको वितण्डा : आधा दर्जन घरमा क्षति, दुई गोरु पुरिएर मरे

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २१, २०८३
बडीमालिका-९ मा पहिरोको वितण्डा : आधा दर्जन घरमा क्षति, दुई गोरु पुरिएर मरे

बाजुरा ःअविरल वर्षासँगै आएको पहिरोले बडीमालिका नगरपालिका-९ का विभिन्न घरमा क्षति पुर्‍याएको छ। घरमाथिबाट खसेको पहिरोले मोति उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विक लगायतका घरमा क्षति पुगेको हो।

पहिरोका कारण ती घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको बताइएको छ। पहिरोमा परेर मोति उखेडाका दुईवटा गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन्।

पहिरोका कारण घरभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात लगायतका सामग्रीमा समेत क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरुर थप जोखिममा परेका छन्।

यस्तै, अविरल वर्षाका कारण बाजुरा जिल्लाका अन्य विभिन्न स्थानमा समेत बाढी, पहिरो तथा डुबानबाट क्षति भएको प्रारम्भिक विवरणहरू प्राप्त भइरहेका छन्। जिल्लाका अन्य क्षेत्रमा कहाँ-कति क्षति भयो भन्नेबारे एकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले जिल्लाका पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्रतिक्रिया