गाैमुल खबर डटकम आइतबार २१, भदौ २०८३ ०३:१६

बाजुरामा भारी वर्षा कायमै, मौसमविद् भन्छन्-‘वर्षा अझै जारी रहनेछ’

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २०, २०८३
बाजुरामा भारी वर्षा कायमै, मौसमविद् भन्छन्-‘वर्षा अझै जारी रहनेछ’

बाजुरा ःबाजुरा सहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। पछिल्लो समय निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमसमेत बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बाजुरा सहित सुदूरपश्चिम प्रदेश र देशका विभिन्न क्षेत्रमा वर्षा अझै जारी रहने पूर्वानुमान गरिएको गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमसंग कुरा गर्दै बताएका छन् ।

निरन्तरको वर्षाका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम रहेकाले स्थानीयबासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसममा तत्काल सुधार नआउने देखिएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।

प्रतिक्रिया