गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४६
Dho

बाजुरा घर भएका एक प्रहरी सम्पर्क बाहिर

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ११, २०८०
बाजुरा घर भएका एक प्रहरी सम्पर्क बाहिर

बाजुरा : बाजुरा घर भएका एक प्रहरी सम्पर्क बाहिर भएको पाईएको छ । प्रहरी सम्पर्क बाहिर रहने खप्तड छेडेदह गाउँपालिका ३ घर भएका प्रेमबहादुर धामी रहेका छन् ।

बाजुराका धामी सहीत सुदूरपश्चिमका चारजना प्रहरी सम्पर्क बाहिर भएको पाईएको हो । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको थियो । 

तर आफूखुसी हाजिरी हुन छोडेका प्रहरीलाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि सात दिनभित्र स्पष्टिकरण सहीत सम्पर्कमा आउन निर्देशन दिएको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए नियमअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेर चेतावनी दिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भएका सुरेन्द्रप्रसाद पन्त, बझाङको साविक सैनपाल–५ हाल दुर्गाथली गाउँपालिका–७ घर भएका विशालबहादुर विक, र बझाङकै थलारा गाउँपालिका–९ घर भएका उमेश थापालाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र २४ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रतिक्रिया