गाैमुल खबर डटकम शनिबार २०, भदौ २०८३ ०४:४३

भारी वर्षापछि गौमुल-२ मा वडा अध्यक्ष रोकायाको स्थलगत अनुगमन, जोखिमयुक्त बस्तीमा सतर्क रहन आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २०, २०८३
भारी वर्षापछि गौमुल-२ मा वडा अध्यक्ष रोकायाको स्थलगत अनुगमन, जोखिमयुक्त बस्तीमा सतर्क रहन आग्रह

बाजुरा ः गौमुल गाउँपालिका-२ का विभिन्न गाउँ, टोल तथा बस्तीमा भारी वर्षाका कारण उत्पन्न बाढी, पहिरो तथा सम्भावित विपद् जोखिमको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ।

वडा अध्यक्ष देवबहादुर रोकायाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जोखिमयुक्त स्थान तथा बस्तीको अवस्थाबारे जानकारी लिइएको छ भने सम्भावित जोखिम र क्षतिको अवस्था समेत संकलन गरिएको छ।

लगातारको वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै वडाध्यक्ष रोकायाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले जोखिमयुक्त स्थानमा नबस्न तथा कुनै अप्रिय अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्।

वडाले सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी र आवश्यक समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया