बाजुरा ःमार्तडी बजारलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले नियमित रुपमा सञ्चालन हुँदै आएको सरसफाइ अभियान अन्तर्गत आज मार्तडी बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
उद्योग वाणिज्य संघ, बाजुरा र बजार व्यवस्थापन समितिको निर्णय अनुसार हरेक महिनाको १५ गते बजार बन्द गरी सरसफाइ अभियान सञ्चालन गर्ने व्यवस्था गरिएको छ। सोही निर्णय अनुसार आज बजार क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गरिएको हो।
बडीमालिका नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको अभियानमा व्यवसायी, बजार व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो।
सहभागीहरुले बजार क्षेत्रका सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए।
मार्तडी बजारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन नियमित सरसफाइसँगै बजारमा फोहोर नफाल्ने, फोहोरको उचित व्यवस्थापन गर्ने तथा सरसफाइलाई साझा जिम्मेवारीका रुपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
‘स्वच्छ बजार, हाम्रो साझा जिम्मेवारी’ भन्ने सन्देश सहित सञ्चालन गरिएको अभियानले मार्तडी बजारको सौन्दर्य तथा वातावरणीय स्वच्छता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया