बाजुरा ः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाना पकाउने क्रममा आगलागी हुँदा एक घरमा रहेका लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका-१ का स्थानीय जय धन कामीको घरमा शनिबार बिहान खाना पकाउने क्रममा अचानक आगलागी भएको हो।
आगलागीबाट घरभित्र रहेका सामग्री सहित करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीका कारण घरमा समेत क्षति पुगेको बताइएको छ।
आगलागी भएको खबर पाएपछि स्थानीय बासिन्दा र प्रहरीले तत्काल घटनास्थलमा पुगेर प्रयास गरेपछि आगो नियन्त्रणमा लिइएको थियो।
प्रतिक्रिया