बाजुरा ः रसुवाको टिमुरेमा आएको भीषण बाढीपछि बाजुराका विभिन्न स्थानीय तहका १७ जना सम्पर्क विहीन भएका छन्। उनीहरु रोजगारी तथा कामको सिलसिलामा रसुवाको टिमुरे क्षेत्रमा रहँदै आएका थिए।
सम्पर्क विहीन हुनेमा हिमाली गाउँपालिका-६ पाडीका दुई जना, हिमाली गाउँपालिका-४ फैतिका एक जना, हिमाली गाउँपालिका-६ धिमका दुई जना, नेपालगञ्ज तथा कोहलपुरमा बस्दै आएका बाजुराका केही व्यक्ति र नेपाली सेनामा कार्यरत एक जना रहेका छन्।
परिवारका अनुसार बाढीपछि उनीहरुसँग सम्पर्क हुन सकेको छैन्। लामो समयसम्म अवस्था अज्ञात भएपछि परिवारजन चिन्तित बनेका छन्।
सम्पर्क विहीन हुनेहरुको विवरण
हिमाली गाउँपालिका
१. शेरसिंह रोकाया-करिब ५३ वर्ष
२. दीपक रोकाया-करिब १९ वर्ष
३. विष्णुमती रोकाया-करिब ५० वर्ष
४. आरामा नेपाली-करिब ३५ वर्ष
५. उजना दमाई-करिब ३३ वर्ष
६. महनलाल रोकाया-करिब २९ वर्ष
७. विक्रम भण्डारी-करिब ३५ वर्ष
८. दिपे सार्की-४५ वर्ष, नेपाली सेनामा कार्यरत
९. वीरेन्द्रप्रसाद जोशी
१०. सत्या जोशी
११. बी.सी. पाण्डे
स्वामीकार्तिक खापर गाउँपालिका-४
१२. मनऋषि सञ्ज्याल
१३. मनकला सञ्ज्याल
१४. सुस्मिता जोशी
स्वामीकार्तिक खापर गाउँपालिका-३ का
१५. वीरेन्द्र जैशी
१६. सत्यादेवी जैशी
जगन्नाथ गाउँपालिका–६ का
१७. मुकेश दमाई
सम्पर्क विहीन भएका मध्ये केही व्यक्ति नेपालगञ्ज र कोहलपुरमा बस्दै आएका तथा कामको सिलसिलामा रसुवाको टिमुरे पुगेका बताइएको छ।
हालसम्म उनीहरुको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारजनले खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबैमा हार्दिक अपिल गरेका छन्।
उनीहरुलाई कसैले रसुवाको टिमुरे वा आसपासको क्षेत्रमा देख्नुभएको, भेट्नुभएको अथवा उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउनु भएको छ भने नजिकको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।
सम्पर्क विहीन १७ जनाको खोजीमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो समाचार बढी भन्दा बढी शेयर गरिदिन समेत परिवारजनले सबैमा आग्रह गरेका छन्।





प्रतिक्रिया