बाजुरा ः बाजुराको त्रिवेणी नगरपालिका-९ निवासी कर्ण थापा तीन दिनदेखि परिवार तथा आफन्तको सम्पर्क विहीन भएपछि उहाँको खोजीका लागि परिवारले सबैसँग सहयोगको अपिल गरेको छ।
थापा २०८३ भदौ २ गते बिहान उपचारका लागि बुढीगंगा नगरपालिका-सेरा जानुभएको थियो। उपचारपछि पुल तरेर घर फर्किसकेको जानकारी प्राप्त भएपनि त्यसपछि उहाँ परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन।
घर फर्किसकेको जानकारी पाएपछि परिवारले उहाँ सुरक्षित रुपमा घर आइपुग्नुहुन्छ भन्ने अपेक्षा गरेको थियो। तर तीन दिन बितिसक्दा पनि कुनै सम्पर्क नभएपछि परिवार चिन्तित बनेको छ।
परिवार तथा आफन्तले कर्ण थापालाई बाटोमा वा अन्य कुनै स्थानमा देख्नुभएका व्यक्ति, उहाँबारे कुनै जानकारी पाउनु भएका स्थानीयबासी तथा सम्बन्धित सबैलाई तुरुन्तै परिवार वा आफन्तलाई खबर गरिदिन हार्दिक अनुरोध गरेका छन्।
कर्ण थापाबारे कुनै जानकारी भए ढिला नगरी नजिकका प्रहरी कार्यालय, परिवार वा आफन्तलाई जानकारी गराइदिन परिवारले अपिल गरेको छ।
सम्पर्कमा आएको सानो जानकारीले पनि उहाँको खोजीमा ठूलो सहयोग पुग्न सक्ने भएकाले सबैले यो सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्याइदिन समेत परिवारले अनुरोध गरेको छ।
प्रतिक्रिया