बाजुरा ःसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा संसदीय दलको बैठकले मंगलबार विश्वासको मत लिनेबारे निर्णय गरेको थियो । विश्वासको मतपछि मात्र भट्टले प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। सरकारलाई पूर्णता दिएर चालु आर्थिक वर्षको बजेट ल्याउनेछन् ।





प्रतिक्रिया