गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ ११:००

मार्तडीको जिउलामा पहिरो : गोरख सार्कीको घर जोखिममा, स्थानीय त्रसित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
मार्तडीको जिउलामा पहिरो : गोरख सार्कीको घर जोखिममा, स्थानीय त्रसित

बाजुरा ःबाजुरा सदरमुकाम मार्तडीको जिउला क्षेत्रमा पहिरो खस्दा बडीमालिका नगरपालिका-९ का गोरख सार्कीको घर जोखिममा परेको छ।

लगातारको वर्षाका कारण घरको पछाडीको पर्खाल भत्किएपछि घरमा पहिरोको जोखिम बढेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिएकी छन्।

प्रहरीका अनुसार पहिरो खसेर घरको पछाडीको पर्खाल भत्किएको हो। पर्खाल भत्किएपछि घर माथि थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले परिवार जोखिममा परेको छ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढिरहेका बेला सदरमुकामकै जिउला क्षेत्रमा घर जोखिममा परेपछि स्थानीयबासीमा समेत त्रास बढेको छ।

सम्भावित थप क्षति रोक्न सम्बन्धित निकायले तत्काल घटनास्थलको निरीक्षण गरी आवश्यक सुरक्षा तथा उद्धारको व्यवस्था गर्नुपर्ने देखिएको छ। पहिरोका कारण घरमा भएको क्षतिको पूर्ण विवरण तथा परिवारको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया