गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ ११:०४

मार्तडीको जिउलामा पहिरोको त्रास : घर जोखिममा, स्थानीयमा बढ्यो चिन्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
मार्तडीको जिउलामा पहिरोको त्रास : घर जोखिममा, स्थानीयमा बढ्यो चिन्ता

बाजुरा ःबाजुरा सदरमुकाम मार्तडीको जिउला क्षेत्रमा पहिरो खस्दा एक घर जोखिममा परेको छ। प्रारम्भिक जानकारी अनुसार घरमाथिबाट पहिरो खसेपछि घर जोखिममा परेको खबर गौमुल मिडिया हाउस प्रा.लि. तथा गौमुल खबर डटकमलाई प्राप्त भएको हो।

लगातारको वर्षाका कारण पहिरो खसेको प्रारम्भिक अनुमान गरिएको छ। घरमाथिबाट पहिरो खसेपछि स्थानीयबासीमा त्रास र चिन्ता बढेको छ।

पहिरोका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले सम्बन्धित निकायले तत्काल घटनास्थलको निरीक्षण गरी आवश्यक सुरक्षा तथा उद्धारको व्यवस्था गर्नुपर्ने देखिएको छ।

घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। गौमुल खबर डटकमले घटनाबारे थप जानकारी प्राप्त हुना साथ अपडेट गर्नेछ।

प्रतिक्रिया