अछाम । अछामको मंगलसेनमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार मंगलसेन नगरपालिका–५ मा लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुप प्र०१०००१ ह ६११३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा बोगटी घाइते भएका थिए ।
गम्भीर घाइते बोगटीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले अटो नियन्त्रणमा लिएर चालकलाई समेत नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया