गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ११:४१

बुढीगंगाको नडाङ दलित बस्ती पहिरोको उच्च जोखिममा, ६ परिवार विस्थापित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन २९, २०८३
बुढीगंगाको नडाङ दलित बस्ती पहिरोको उच्च जोखिममा, ६ परिवार विस्थापित

बाजुरा ःअविरल वर्षाका कारण बुढीगंगा नगरपालिका-२ नडाङस्थित दलित बस्ती पहिरोको जोखिममा परेको छ । लगातारको वर्षासँगै बाढी र पहिरो आउन थालेपछि स्थानीय ६ भन्दा बढी परिवार प्रभावित भएका छन् ।

पहिरोको जोखिममा मोती सनाई, तुलबहादुर सनाई, विक्रम नेपाली, तुलादेवी सनाई, मन्धिरे सनाई र शारदादेवी सनाईका घर परेका छन् । बस्ती माथिबाट पहिरो खस्ने र बाढी पस्ने जोखिम बढेपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय गोविन्द नेपालीका अनुसार बाढी र पहिरोका कारण नडाङको सिंगो दलित बस्ती नै जोखिममा परेको छ । जोखिम बढेपछि प्रभावित परिवार गाउँमै रहेको शिवशंकर आधारभूत विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

वर्षा नरोकिए थप क्षति हुनसक्ने भन्दै स्थानीयले तत्काल प्रभावित परिवारको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत सामग्रीको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

स्थानीयले जोखिममा रहेका घरपरिवारको तत्काल स्थलगत निरीक्षण गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न र सम्भावित मानवीय क्षति रोक्न नगरपालिका तथा सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया