जाजरकाेट ःजाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका-११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ ।
बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड समेत जाेखिममा परेकाे छ ।
वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले बताएका छन्।





प्रतिक्रिया