गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ००:०९

टोल-टोलमा पुगेर जनताको अवस्था बुझ्दै गौमुल-३ : स्वास्थ्यदेखि विपद् व्यवस्थापनसम्म संयुक्त अनुगमन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन २८, २०८३
टोल-टोलमा पुगेर जनताको अवस्था बुझ्दै गौमुल-३ : स्वास्थ्यदेखि विपद् व्यवस्थापनसम्म संयुक्त अनुगमन

बाजुरा ःगौमुल गाउँपालिका-३ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्राविधिक, सहकारी व्यवस्थापक तथा विपद् व्यवस्थापन समितिका सदस्य सहितको टोलीले वडाका विभिन्न टोलमा पुगेर संयुक्त अनुगमन गरेको छ ।

टोलीले वडाका प्रत्येक टोलमा पुगेर ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै स्वास्थ्य सम्बन्धी समस्याबारे जानकारी लिएको छ । यस्तै, लगातारको वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्को जोखिम र स्थानीय अवस्थाबारे समेत स्थलगत जानकारी संकलन गरिएको छ ।

अनुगमनका क्रममा वडाभित्रका विद्यालयमा पुगेर शैक्षिक गुणस्तर, विद्यार्थीको अवस्था तथा विद्यालयमा देखिएका समस्याबारे समेत जानकारी लिइएको वडा अध्यक्ष गोरख बोहराले बताएका छन् ।

वडाका नागरिकका समस्या र आवश्यकतालाई टोलमै पुगेर प्रत्यक्ष बुझ्ने तथा सम्भावित विपद्का जोखिम पहिचान गरी समयमै आवश्यक तयारी गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको अध्यक्ष बोहराले बताए ।

उनका अनुसार स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, प्राविधिक तथा आर्थिक गतिविधिसँग जोडिएका विषयलाई एकीकृत रुपमा बुझेर आवश्यक पहल गर्न अनुगमनले सहयोग पुग्नेछ ।

जनप्रतिनिधि सहित सरोकारवाला निकायको टोलीले टोल-टोलमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया