गाैमुल खबर डटकम बुधबार २७, साउन २०८३ ११:४०

‘युवा जागे, गाउँ बन्छ’ : गौमुलका सबै वडामा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन २७, २०८३
‘युवा जागे, गाउँ बन्छ’ : गौमुलका सबै वडामा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

बाजुरा ःगौमुल गाउँपालिकाका सबै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय युवा दिवस भव्य रूपमा मनाइएको छ । प्रत्येक वडामा गठित युवा क्लबहरुको आयोजना तथा सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा दिवस मनाइएको हो ।

सबै वडामा पीसविन नेपाल, मानव संसाधन केन्द्रको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । युवाहरूको क्षमता, सिर्जनशीलता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। दिवसका अवसरमा युवाहरुलाई समाज रुपान्तरणका संवाहकका रुपमा अघि बढ्न, आफ्नो क्षमता र प्रतिभाको सदुपयोग गर्न तथा गाउँको विकासमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको छ ।

गौमुलका विभिन्न वडामा युवा क्लब मार्फत सञ्चालन भइरहेका सामाजिक गतिविधिले युवाहरुलाई नेतृत्व विकाससँगै समुदायप्रतिको जिम्मेवारी बोध गराउन महत्वपूर्ण भूमिका खेलिरहेको कार्यक्रमका सहभागीहरुको भनाइ छ ।

कार्यक्रममा सहभागीहरुले ‘युवा भविष्य होइनन्, वर्तमानका परिवर्तनका साझेदार हुन्’ भन्ने सन्देश सहित स्थानीय विकास, शिक्षा, रोजगारी, सामाजिक विकृति न्यूनीकरण तथा सकारात्मक अभियानमा युवाहरुको सक्रियता आवश्यक रहनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गौमुलका युवाहरुले एकजुट भएर आफ्नो गाउँ, समाज र समग्र पालिकाको समृद्धिका लागि सकारात्मक सोच सहित अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया