बाजुरा ःगौमुल गाउँपालिका-६ मा रहेको भविष्य युवा क्लबले युवाको सक्रिय सहभागितामा वडालाई व्यवस्थित, स्वच्छ र नमूनायोग्य बनाउने अभियान अघि बढाउने भएको छ।
क्लबको वडा कार्यालय केन्द्र घट्मुनामा बसेको मासिक बैठकले अविरल वर्षाका कारण वडाका विभिन्न टोलमा भत्किएका बाटो मर्मत गर्ने तथा फोहोर सरसफाइ गर्ने निर्णय गरेको क्लबका सचिव सन्देश रोकायाले जानकारी दिएका छन्।
युवाहरु केवल अवसर खोज्ने होइन, समाज परिवर्तनका लागि आफैं अग्रसर हुने शक्ति हुन् भन्ने सन्देशसहित क्लबले आगामी दिनमा नमूनायोग्य काम गर्दै सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।
बैठकमा वडा अध्यक्ष प्रकाश रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, वडाका कर्मचारी दीपेन्द्र रोकाया सहित क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
युवा अघि बढे गाउँ अघि बढ्छ, अब गौमुल-६ मा युवाको ऊर्जा, श्रम र नेतृत्व विकासको अभियानमा जोडिने भएको छ।





प्रतिक्रिया