गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:५४

युवाले अब कुरा होइन, नमूना काम गरेर देखाउनुपर्छ : वडा अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १५, २०८३
युवाले अब कुरा होइन, नमूना काम गरेर देखाउनुपर्छ : वडा अध्यक्ष रोकाया

बाजुरा ःगौमुल गाउँपालिका-६ का वडा अध्यक्ष प्रकाश रोकायाले युवाहरुले आफ्नो क्षमता र सिर्जनशीलतालाई व्यवहारमा उतार्दै समाजमा नमूना काम गरेर देखाउनुपर्ने बताएका छन्।

वडामा रहेको भविष्य युवा क्लबको बैठकमा बोल्दै अध्यक्ष रोकायाले युवाको आवाज सुन्ने, उनीहरुका सपना र आकांक्षा बुझ्ने तथा रचनात्मक सुझावलाई ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले समाज परिवर्तनको मुख्य शक्ति युवा पुस्ता भएकाले अब युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। युवाको सोच, ऊर्जा, सीप र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न सके गाउँको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

अध्यक्ष रोकायाले भने, “भविष्य युवाको काँधमा छ। युवाले अवसर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्दै समाजका लागि नमूना काम गर्नुपर्छ।”

युवाका सपना र आवाजलाई स्थानीय तहले प्राथमिकताका साथ सुन्नुपर्ने बताउँदै उनले युवा र वडा नेतृत्वबीच सहकार्य, संवाद र साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले युवाहरुलाई निराश नभई आफ्नो क्षमता, सीप र प्रतिभालाई समाज निर्माणमा प्रयोग गर्न आग्रह गर्दै ‘आजको सक्रिय युवा नै भोलीको सक्षम नेतृत्व’ बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया