बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग छलफल गर्दै उनीहरूका गुनासा, समस्या तथा कार्यस्थलमा भोग्नुपरेका चुनौतीबारे जानकारी लिनुभएको छ।
महिला प्रहरी कर्मचारीहरूको अवस्था, कार्यसम्पादनका क्रममा आइपर्ने समस्या तथा उनीहरूका आवश्यकताबारे प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले छलफल गरिएको हो। छलफलका क्रममा महिला प्रहरी कर्मचारीहरूले आफ्ना विभिन्न गुनासा तथा समस्या प्रमुख डीएसपी बोहरासमक्ष राखेका थिए।
डीएसपी बोहराले महिला प्रहरी कर्मचारीहरूले राखेका गुनासा र समस्यालाई गम्भीरतापूर्वक लिँदै सम्भव भएसम्म समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले महिला प्रहरी कर्मचारीलाई सुरक्षित, सम्मानजनक र सहज वातावरणमा जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न कार्यालयको नेतृत्वका रूपमा आफू प्रतिबद्ध रहेको बताउनुभयो।
छलफलले महिला प्रहरी कर्मचारीका समस्या पहिचानसँगै उनीहरूको मनोबल अभिवृद्धि, कार्यस्थलमा सहज वातावरण निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया