बाजुरा ःकुमारी बैंक लिमिटेड, गौमुल शाखाले ‘कुमारी परिवार सुरक्षा बचत खाता (PSBK)’ अन्तर्गतको बीमा सुविधाबाट लाभान्वित ग्राहक बाना देवी बोहरालाई रु. १० लाख बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
बोहराका श्रीमान धनबहादुर बाेहराकाे दुर्घटनामा दुःखद निधन भएपछि PSBK खातासँग आबद्ध बीमा सुविधा अनुसार बैंकले रु.१०,००,००० (दश लाख रुपैयाँ) बराबरको बीमा दाबी रकम उपलब्ध गराएको हो।
यस अवसरमा गौमुल शाखाले विशेष कार्यक्रम आयोजना गरी शाखा प्रमुख राेशन चन्द मार्फत बोहरालाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरेको थियो।
चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुखले कुमारी परिवार सुरक्षा बचत खाता विपद् तथा दुःखद परिस्थितिमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको बताएका छन् ।
उनले यस्ता बीमा सुविधाले परिवारका सदस्य गुमाउँदा उत्पन्न हुने आर्थिक कठिनाइ कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कुमारी बैंकको PSBK खाता मार्फत योग्य ग्राहकहरुले बचतसँगै विभिन्न बीमा सुविधा सहितको वित्तीय सुरक्षा प्राप्त गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
दुःखद घटनाका कारण परिवारमा परेको अपूरणीय क्षतिका बीच प्राप्त भएको बीमा दाबी रकमले बोहरा परिवारलाई केही हदसम्म आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया