गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

पहिरोसँग जुध्दै जनताको साथमा गौमुल : अध्यक्ष रोकायाकै नेतृत्वमा घट्मुना-मार्तडी सडक सञ्चालन हुँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन १०, २०८३
पहिरोसँग जुध्दै जनताको साथमा गौमुल : अध्यक्ष रोकायाकै नेतृत्वमा घट्मुना-मार्तडी सडक सञ्चालन हुँदै

बाजुरा ःअविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको घट्मुना-मार्तडी सडक गौमुल गाउँपालिकाले तत्काल पहिरो पन्छाएर पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेकाे छ ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवतजावत तथा सर्वसाधारणको यात्रा प्रभावित भएपछि गाउँपालिकाले तत्काल एक्स्काभेटर परिचालन गरी सडक खुलाउन लागिएकाे हाे ।

गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया स्वयं घटनास्थलमा पुगेर सडक खुलाउने कार्यको नेतृत्व गरेका थिए। अध्यक्ष रोकायाको प्रत्यक्ष समन्वयमा प्राविधिक टोली र एक्स्काभेटर परिचालन गरी सडकमा थुप्रिएको पहिरो हटाउने र यातायात सेवा पुनः सञ्चालनमा आउने भएकाे छ ।

निरन्तर वर्षाका कारण गाउँपालिकाभित्रका विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहेपनि स्थानीय सरकार नागरिकको सहज आवागमन सुनिश्चित गर्न चौबिसै घण्टा तयारी अवस्थामा रहेको अध्यक्ष रोकायाले बताएका छन्। उनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा सतर्कता अपनाउन समेत सबैलाई आग्रह गरेका छन्।

गौमुल गाउँपालिकाले वर्षायामभर सम्भावित विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक उपकरण, जनशक्ति र स्रोत-साधन तयारी अवस्थामा राखिएको जनाएको छ।

स्थानीय सरकारको सक्रियता र जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिले विपद्को समयमा नागरिकप्रतिको जिम्मेवारीलाई व्यवहारमै पुष्टि गरेको भन्दै स्थानीयले गाउँपालिकाको कार्यको प्रशंसा गरेका छन्।

प्रतिक्रिया