गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ १२:४९
Dho

बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०५, २०८०
बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा : जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ । प्रहरीका अनुसार शुक्रबार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी शिलगढी नगरपालिका–६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको हो ।

उक्त गाडी डडेल्धुराको अजयमेरू गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए । गाडीमा उनी मात्रै रहेकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कवीन्द्रसिंह बोहराले बताए ।

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया