गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४१

बालमैत्री र प्रभावकारी शिक्षणबाट शैक्षिक गुणस्तर सुधार्न अध्यक्ष रोकायाको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार २९, २०८३
बालमैत्री र प्रभावकारी शिक्षणबाट शैक्षिक गुणस्तर सुधार्न अध्यक्ष रोकायाको आग्रह

बाजुरा ःगौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले शैक्षिक गुणस्तर सुधारका लागि बालमैत्री, लैङ्गिक संवेदनशील र प्रभावकारी शिक्षण पद्धतिलाई विद्यालयमा व्यवहारमा उतार्नुपर्ने बताएका छन्।

गाउँपालिकामा प्राथमिक तहका शिक्षक-शिक्षिकाका लागि आयोजित बालमैत्री, लैङ्गिक संवेदनशीलता तथा प्रभावकारी शिक्षणकला सम्बन्धी पाँचदिने तालिमको उद्घाटन गर्दै अध्यक्ष रोकायाले प्रत्येक व्यक्तिले जीवनको हरेक क्षण नयाँ ज्ञान प्राप्त गरिरहेको उल्लेख गर्दै शिक्षक पनि निरन्तर सिकाइ र आत्मविकासमा सक्रिय हुनुपर्ने बताए।

उनले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न नीति, योजना र कार्यक्रम सञ्चालन गर्दै आएपनि अपेक्षा अनुसारको नतिजा प्राप्त हुन नसकेको बताए। अब शिक्षण सिकाइ प्रक्रियामा व्यवहारिक सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष रोकायाले बालबालिकाको मनोविज्ञान बुझेर उनीहरुको रुचि, क्षमता र आवश्यकता अनुसार शिक्षण गर्न शिक्षकहरु थप जिम्मेवार हुनुपर्ने बताए। विद्यालयमा बालमैत्री र समावेशी वातावरण निर्माण गर्न सके विद्यार्थीको सिकाइ प्रभावकारी हुने उनको विश्वास छ।

उनले शैक्षिक गुणस्तर सुधार स्थानीय सरकारको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया