गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८३ ०५:२२

गौमुलका प्राथमिक तहका शिक्षकलाई बालमैत्री र लैङ्गिक संवेदनशील शिक्षण सम्बन्धी पाँचदिने तालिम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार २९, २०८३
गौमुलका प्राथमिक तहका शिक्षकलाई बालमैत्री र लैङ्गिक संवेदनशील शिक्षण सम्बन्धी पाँचदिने तालिम

बाजुरा ः मानव संसाधन केन्द्र (एच.आर.सी.) बाजुराले गौमुल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षक-शिक्षिकाका लागि बालमैत्री, लैङ्गिक संवेदनशीलता तथा प्रभावकारी शिक्षणकला सम्बन्धी पाँचदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ।

शिक्षकहरुको व्यावसायिक तथा व्यक्तिगत क्षमता विकास मार्फत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको मानव संसाधन केन्द्र (एच.आर.सी.) बाजुराका परियोजना अधिकृत अर्जुन शाहीले जानकारी दिए।

उनका अनुसार यसअघि जनज्योति माध्यमिक विद्यालय दहकोट, बाल विकास नमूना माध्यमिक विद्यालय माझपाली र कीर्तिचौर माध्यमिक विद्यालय कालादहमा समेत यस्तै तालिम सम्पन्न भइसकेको छ। उक्त तालिममा गौमुल गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षक-शिक्षिकाको सहभागिता रहेको छ।

तालिममा बालमैत्री सिकाइ वातावरण निर्माण, लैङ्गिक समानता र समावेशी शिक्षा, प्रभावकारी कक्षाकोठा व्यवस्थापन, आधुनिक शिक्षण विधि तथा विद्यार्थी-केन्द्रित सिकाइका विषयमा प्रशिक्षण प्रदान गरिएको छ । तालिमको सहजीकरण प्रशिक्षक मीनबहादुर शाही र अमरबहादुर सिंहले गरिरहेका छन्।

मानव संसाधन केन्द्र (एच.आर.सी.) ले सञ्चालन गरेको यस तालिमले शिक्षकहरुको शिक्षण क्षमता अभिवृद्धि हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया