गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:००

बाजुराको सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार २८, २०८३
बाजुराको सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद

बाजुरा ःबाजुराको बडीमालिका नगरपालिका-१ स्थित पाटा सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइराखिएको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, २०८३ साउन २८ गते पाटा सामुदायिक वनको जंगलमा भरुवा बन्दुक लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

खोजतलासका क्रममा बडीमालिका नगरपालिका-१ अन्तर्गत पर्ने उक्त सामुदायिक वनको जंगलको ओडारमा लुकाइछिपाइ बेवारिसे अवस्थामा राखिएको एक नाल भरुवा बन्दुक फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।

बरामद गरिएको बन्दुकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया