गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८३ ०५:२१

घट्मुना बजार सफा बनाउन युवाको अग्रसरता, भविष्य तारा क्लबद्वारा सरसफाइ अभियान सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार २६, २०८३
घट्मुना बजार सफा बनाउन युवाको अग्रसरता, भविष्य तारा क्लबद्वारा सरसफाइ अभियान सञ्चालन

बाजुरा ःगौमुल गाउँपालिका-६ स्थित घट्मुना बजारमा युवा नेतृत्वमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। पीसविन नेपालको सहयोगमा गठन भएको भविष्य तारा क्लबले शुक्रबार घट्मुना बजार तथा गौमुल गाउँपालिकाको केन्द्र वरपरका सार्वजनिक क्षेत्र सरसफाइ गरेको हो।

बजार क्षेत्रलाई स्वच्छ, सफा र आकर्षक बनाउने तथा वातावरण संरक्षणप्रति स्थानीयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा बजार क्षेत्रका सडक, सार्वजनिक स्थल तथा गाउँपालिका परिसरमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो।

सरसफाइ कार्यक्रममा गौमुल गाउँपालिका-६ का वडा अध्यक्ष प्रकाश रोकाया, स्थानीय व्यवसायी गीता रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, पीसविन नेपालका प्रतिनिधि वीरेन्द्र रावल, भविष्य तारा क्लबमा आबद्ध युवा, स्थानीय व्यापारी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरुले सरसफाइ केवल एकदिने अभियानमा सीमित नराखी नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले स्वच्छ बजार निर्माणका लागि प्रत्येक नागरिकको सहभागिता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै फोहोर जथाभावी नफाल्ने, वातावरण संरक्षणमा सबैले योगदान पुर्‍याउने र सरसफाइलाई सामूहिक अभियानका रुपमा अघि बढाउन आग्रह गरेका छन्।

भविष्य तारा क्लबले आगामी दिनमा पनि सरसफाइ, वातावरण संरक्षण, सामाजिक सचेतना तथा युवाको नेतृत्व विकाससँग सम्बन्धित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।स्थानीयले यस्ता अभियानले बजारको सौन्दर्य बढ्नुका साथै स्वच्छ वातावरण निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

प्रतिक्रिया