बाजुरा ःधितोको अभावका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नसकेका कृषक तथा साना उद्यमीलाई लक्षित गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष र देशभरका ९ वटा स्थानीय तहबीच Individual Agriculture Credit Guarantee Scheme (व्यक्तिगत कृषि कर्जा सुरक्षण योजना) सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा बाजुरा जिल्लाका बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका समेत सहभागी भएका छन्। बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाका अनुसार यस योजनाले धितो अभावका कारण बैंकबाट कर्जा प्राप्त गर्न नसकेका कृषक, घरेलु तथा साना उद्योग सञ्चालन गर्न इच्छुक उद्यमी तथा व्यवसायीलाई सहज रूपमा कर्जा प्राप्त गर्ने वातावरण सिर्जना गर्नेछ।
नगर प्रमुख बाँनियाले यस योजना मार्फत स्थानीय उत्पादनमा आधारित कृषि, पशुपालन, घरेलु तथा साना उद्योगको विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार कर्जा सुरक्षणको व्यवस्था भएपछि बैंक तथा वित्तीय संस्थाले पनि धितोविहीन योग्य सेवाग्राहीलाई कर्जा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रका कृषक तथा उद्यमीलाई आत्मनिर्भर बनाउने, नयाँ उद्योग तथा व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने, उत्पादन र आय वृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
स्थानीय तह र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको यो सहकार्यलाई धितो अभावकै कारण आर्थिक पहुँचबाट बञ्चित भएका नागरिकका लागि महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ।
योजना प्रभावकारी रुपमा कार्यान्वयन भएमा बाजुराका तीनवटै स्थानीय तहमा कृषि उत्पादन, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको





प्रतिक्रिया