गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२७

जनताको आवाज सुन्न गौमुल गाउँपालिका तयार : योजना र सेवा सुधारका लागि सार्वजनिक सुनुवाइ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार १५, २०८३
जनताको आवाज सुन्न गौमुल गाउँपालिका तयार : योजना र सेवा सुधारका लागि सार्वजनिक सुनुवाइ

बाजुरा ःस्थानीय सरकारलाई अझ जिम्मेवार, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यले गौमुल गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम, वस्तु तथा सेवाको गुणस्तरबारे नागरिकको प्रत्यक्ष सुझाव, गुनासो र प्रतिक्रियालाई समेट्न सार्वजनिक सुनुवाइ गर्न लागेको हो ।

सार्वजनिक सुनुवाइ असार १६ गते मंगलबार बिहान ११ बजे गाउँपालिकाको सभाहलमा सञ्चालन हुने भएको छ ।कार्यक्रममा गाउँपालिकाले प्रवाह गरेका सेवा, विकास निर्माणका गतिविधि तथा समग्र कार्यसम्पादनबारे नागरिकसँग खुला संवाद गरिने भएको छ ।

सार्वजनिक सुनुवाइमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सबै वडाध्यक्ष, विषयगत शाखाका प्रमुख, स्थानीय सुरक्षा निकाय, गैरसरकारी संस्था, उद्योग-वाणिज्य संघ, सामुदायिक संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधि सहित सम्पूर्ण गाउँपालिका क्षेत्रका नागरिकलाई सहभागिताका लागि गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले नागरिकका सुझाव र गुनासालाई विकास तथा सेवा प्रवाह सुधारको आधार बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिताको अपिल गरेको छ ।

जनप्रतिनिधि र सेवाग्राहीबीच प्रत्यक्ष संवाद हुने यस कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई जनताको आवाज सुन्ने प्रभावकारी माध्यमका रुपमा लिँदै सबै सरोकारवालालाई उपस्थित भई रचनात्मक सुझाव राख्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया