गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:१३

रिगौटामा युवक मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ११, २०८३
रिगौटामा युवक मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

बाजुरा ः स्वामीकार्तिक खापर गाउँपालिका-३ रिगौटा नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय सागर शाही सडकबाट करिब २०० मिटर तल रहेको खोलामा मृत अवस्थामा भेटिएको स्थानीय स्रोतले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार शवमा जंगली जनावरले क्षति पुर्‍याएको देखिएको छ। घटनाको वास्तविक कारण भने हालसम्म खुल्न नसकेको र सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको बताइएको छ।

मृतकको मृत्यु कसरी भयो भन्ने विषयमा आधिकारिक विवरण आउन बाँकी रहेको छ। घटनाबारे जानकारी पाएपछि स्थानीयबासी घटनास्थलमा पुगेका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया