गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:०७

बैतडीमा कुटपिट गरि आफ्नै विद्यार्थी बेहोस् बनाउने ‘हेटमास्टर’ पक्राउ

बैतडी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ११, २०८३
बैतडीमा कुटपिट गरि आफ्नै विद्यार्थी बेहोस् बनाउने ‘हेटमास्टर’ पक्राउ

बैतडी ःबैतडीमा प्रधानाध्यापक (हेटमास्टर) को कुुटपिटबाट विद्यार्थी गम्भीर घाइते भएका छन् । पुर्चौडी नगरपालिका-९ तल्लादेहिको खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले ८ कक्षामा अध्ययनरत तेज सिंह भण्डारी माथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट तेज गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । प्रअ भण्डारीलाई भने इलाका प्रहरी कार्यालय पाटनले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया