गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:३०

बुढीगंगाको ५६ करोड ५७ लाख बजेट सार्वजनिक, शिक्षा-स्वास्थ्य र पूर्वाधार विकासमा जोड

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १०, २०८३
बुढीगंगाको ५६ करोड ५७ लाख बजेट सार्वजनिक, शिक्षा-स्वास्थ्य र पूर्वाधार विकासमा जोड

बाजुरा ः बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि ५६ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। चालु तथा पुँजीगत खर्चलाई सन्तुलित गर्दै सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोतलाई समेटेर बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख रामबहादुर बानियाँले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षका लागि कुल आम्दानी र खर्च बराबर हुने गरी ५६ करोड ५७ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगर उपप्रमुख माया कुवँर खड्काका अनुसार समानीकरण अनुदानतर्फ नेपाल सरकारबाट ११ करोड ३८ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ११ लाख रुपैयाँ प्राप्त हुने गरी कुल १२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, सशर्त अनुदानअन्तर्गत नेपाल सरकारबाट २२ करोड २१ लाख ३० हजार रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ७५ लाख रुपैयाँ गरी कुल २५ करोड ९६ लाख ३० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

राजस्व बाँडफाँटतर्फ नेपाल सरकारबाट ८ करोड ४३ लाख रुपैयाँ र प्रदेश सरकारबाट ७३ लाख ८० हजार रुपैयाँ गरी कुल ९ करोड १६ लाख ८० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको उपप्रमुख खड्काले बताइन्।

त्यसैगरी, समपूरक अनुदानअन्तर्गत नेपाल सरकारबाट ३१ लाख ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट १४ लाख ५६ हजार रुपैयाँ गरी कुल ४६ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

विशेष अनुदानतर्फ नेपाल सरकारबाट १ करोड ८० लाख रुपैयाँ र प्रदेश सरकारबाट ७६ लाख ५० हजार रुपैयाँ गरी कुल २ करोड ५६ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। साथै अन्य स्रोतबाट २ करोड ३४ लाख ७८ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

नगरपालिकाले प्रस्तुत बजेटमार्फत स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेट कार्यान्वयनलाई प्रभावकारी, सन्तुलित र पारदर्शी ढंगले अघि बढाइने नगरपालिकाको प्रतिबद्धता छ।

May be an image of one or more people, hospital and text

प्रतिक्रिया