गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३८
Dho

शिक्षक संगठन बाजुराको दशौं जिल्ला अधिवेशन सुरु, राष्ट्रिय समिति अध्यक्ष शर्माले गरे उद्घाटन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २१, २०७८
शिक्षक संगठन बाजुराको दशौं जिल्ला अधिवेशन सुरु, राष्ट्रिय समिति अध्यक्ष शर्माले गरे उद्घाटन

बाजुरा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाजुराको जिल्ला अधिवशेन सुरु भएको छ । “गौरवशाली विगत चुनौतीपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक सुशासन” भन्ने मूल नाराका साथ शिक्षक संगठन बाजुराको दशौं जिल्ला अधिवेशन जिल्ला सदरमुकाम मार्तडीमा आज सुरु भएको हो । 

नेपाल राष्ट्रि शिक्षक संगठन जिल्ला समिति बाजुराको दशौं जिल्ला अधिवेशनको नेपाल शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले औपचारिक रुपमा उद्घाटन गर्नु भएको छ । शिक्षक संगठनका जिल्ला अध्यक्ष जयलाल कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा रहनु भएको थियो । 

नेपाल राष्ट्रिय शिक्षक संगठन समितिका उपाध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, प्रचार विभाग प्रमुख कासी विक र प्रदेश अध्यक्ष नरबहादुर रावल लगायत विशिष्ट अतिथिमा रहनु भए्को थियो ।

जिल्लाका पेशागत संघ संगठन र सरकारी निकायका प्रमुख एवं प्रतिनिधी र ९ वटै पालिकाका अध्यक्ष, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले शुभकामना मन्तब्य राखेको थियो । एमाले पार्टी कार्यालयको सभा हलमा सञ्चालन भएको अधिवेशनको उद्घाटन सत्र कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सचिव धीरबहादुर दानीले गर्नु भएको हो ।

अधिवशेनको भोली बन्द सत्र सुरु गरिने बताईएको छ । भोली बन्द शत्र सञ्चालन गरी जुझारु, सक्षम र सुदृढ नेतृत्व चयन गर्ने प्रक्रियामा जाने संगठनका सचिव धीरबहादुर दानीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया