गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:३०

रिठाबजारमा बस दुर्घटना, २४ जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार ०७, २०८३
रिठाबजारमा बस दुर्घटना, २४ जना घाइते

बाजुरा ःबाजुरामा बस दुर्घटना भएको छ । बुढीगंगा नगरपालिका-८ को रिठा बजार नजिकै आज बिहान पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीले दुर्घटनामा २४ जना घाइते भएको बताए ।

उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । बसमा ३५ जना सवार रहेको शाहीले बताए । बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

May be an image of one or more people

प्रतिक्रिया