गाैमुल खबर डटकम बुधबार ३१, असार २०८३ ०४:१९

रातको सन्नाटामा महिला माथि चक्कु प्रहार, थप उपचारका लागि नेपालगञ्ज रिफर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०१, २०८३
रातको सन्नाटामा महिला माथि चक्कु प्रहार, थप उपचारका लागि नेपालगञ्ज रिफर

बाजुरा ःबाजुरामा अज्ञात समूहद्वारा एक महिलामाथि धारिलो हतियार (चक्कु) प्रहार भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-४ वाईकी ३६ वर्षीया ठुमरा बिष्टमाथि सोमबार राति करिब साढे १ बजे चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार बिष्ट सुतिरहेको अवस्थामा २-३ जनाको अज्ञात समूहले उनलाई भान्छा कोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको हो। घटनामा घाइते भएकी बिष्टलाई तत्काल प्रहरीको टोलीले उद्धार गरी कोल्टी अस्पताल पुर्‍याएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ। घटनालगत्तै प्रहरीको टोली घटनास्थलमा खटिएको छ।चक्कु प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया