गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५४
Dho

स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको निधन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०४, २०८०
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको निधन

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर उपाध्यक्ष मैना जोशीको बिहिबार निधन भएको छ । लामो समय बिरामी हुनुभएका जोशीको निधन भएको हो । ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

कांगेस बाजुराको नेतृ रहेकी जोशी जिल्ला समिति सदस्य थिइन् । यता गाउँपालिका अध्यक्ष भरत रोकायाले निधन प्रति दुःख व्यक्त गर्नुभएको छ । 
 

प्रतिक्रिया