बाजुरा ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार गौमुल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृत कुमारधर भट्ट खटाइएका छन् ।
यसअघि लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले जनतालाई सेवा दिएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टले सोमबार औपचारिक रुपमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन् ।
कार्यालयमा हाजिर भएपछि गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सीता थापा, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट लगायत कर्मचारीहरुले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत भट्टलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरुले भट्टको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै गाउँपालिकाको समग्र विकास, सुशासन र सेवाको गुणस्तर अभिवृद्धिमा उहाँको नेतृत्व महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भट्टले गाउँपालिकाको प्रशासनिक कार्यलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउँदै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया