बाजुरा ः गौमुल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्र कुमार रोकायालाई सर्वसम्मत रुपमा पालिका सभापतिमा चयन गरेको छ ।
आइतबार सम्पन्न अधिवेशनबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा राजेन्द्र रोकाया, सचिवमा सुजता बोहरा तथा सहसचिवमा सुरत रोकाया चयन भएका छन् ।
अधिवेशनले अन्य पदाधिकारी तथा सदस्य सहित ११ सदस्यीय पालिका समिति गठन गरेको जनाएको छ । नवनिर्वाचित समितिले गौमुल गाउँपालिकामा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका मुद्दा र सरोकारलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।





प्रतिक्रिया