गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०३:४९

गुणस्तरीय शिक्षाले समृद्ध समाज निर्माण हुन्छ : उपाध्यक्ष सीता थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ १७, २०८३
गुणस्तरीय शिक्षाले समृद्ध समाज निर्माण हुन्छ : उपाध्यक्ष सीता थापा

बाजुरा ः गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले शिक्षा नै समाज रुपान्तरणको प्रमुख आधार भएको बताउँदै गुणस्तरीय शिक्षा मार्फत समृद्ध भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गरेकी छन् ।

गौमुल गाउँपालिका-५ थलामा रहेको मानाकोट माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

उनले विद्यालयले केवल अक्षर ज्ञान मात्र नभई संस्कार, अनुशासन, नैतिकता र जिम्मेवारी समेत सिकाउने भएकाले शिक्षाको गुणस्तर अभिवृद्धिमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताइन् ।

उपाध्यक्ष थापाले शिक्षित नागरिक नै विकासका संवाहक हुने उल्लेख गर्दै विद्यालय, अभिभावक, शिक्षक र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताइन् ।

उनले विद्यार्थीहरुलाई अध्ययनसँगै सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्दै गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग तथा लगानीलाई निरन्तरता दिइरहेको जानकारी गराइन् ।
 

प्रतिक्रिया