बाजुरा ः गौमुल गाउँपालिकामा पूर्ण खोप पालिका दिगोपना तथा सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि पूर्ण खोप अभियान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै खोपबाट कुनै पनि बालबालिका बञ्चित हुन नहुने धारणा राखेका थिए ।
उपाध्यक्ष सीता थापाले स्वस्थ समाज निर्माणका लागि खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत जगदीश भट्ट लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले सञ्चालन गरेको कार्यक्रम मार्फत पूर्ण खोप अभियानको दिगोपना र सुनिश्चितताका विषयमा जानकारी गराइएको थियो ।
गाउँपालिकाले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउँदै स्वस्थ भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





प्रतिक्रिया