गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०२:४७

बाजुरा जिल्लाको रानीसैन-लाम्पाटा विवाद अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ १०, २०८३
बाजुरा जिल्लाको रानीसैन-लाम्पाटा विवाद अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन

बाजुरा ः सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहने मन्त्रालयको भनाई छ।

त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया