गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:५२

एमालेको गौमुल-५ मा ७ औं वडा कमिटी बैठक सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ ०९, २०८३
एमालेको गौमुल-५ मा ७ औं वडा कमिटी बैठक सम्पन्न

बाजुरा ःनेकपा (एमाले) गौमुल गाउँपालिका-५ नम्बर वडा कमिटीको ७ औं बैठक सम्पन्न भएको छ । पार्टी संगठनलाई थप सुदृढ, चलायमान र जनमुखी बनाउने उद्देश्य सहित आयोजित बैठकले वडा स्तरमा एमालेको गतिविधि अझ सक्रिय रहेको सन्देश दिएको छ ।

वडा कमिटी अध्यक्ष पदम रोकायाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका संगठित सदस्यता नवीकरण अभियान, वडा कमिटीको वर्तमान राजनीतिक अवस्था, संगठन विस्तार तथा आगामी दिनमा सञ्चालन गरिने विभिन्न गतिविधिका विषयमा बृहत् छलफल गरिएको अध्यक्ष रोकायाले जानकारी दिए ।

बैठकमा सहभागी नेताहरुले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै पार्टीका गतिविधिलाई गाउँ-टोलसम्म प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीय तहमा एमालेप्रति कार्यकर्ता र जनताको आकर्षण कायमै रहेको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउने विषयमा जोड दिइएको थियो ।

बैठकमा जिल्ला कमिटी सदस्य शान्ति विक, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सहभागीहररुले पार्टीको नीति, सिद्धान्त र जनमुखी अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै गाउँस्तरमा एमालेको राजनीतिक गतिविधिलाई निरन्तर सक्रिय राख्ने निष्कर्ष निकालेका छन् ।

बैठकले आगामी दिनमा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै संगठन विस्तार, सदस्यता अभियान तथा जनभेटघाट कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको जनाएको छ ।

प्रतिक्रिया