गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:५२

१३ महिनामा छोडे कुशल नेतृत्वको छाप : डीएसपी इकवाल हवारीकाे सम्मान सहित बिदाइ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०८, २०८३
१३ महिनामा छोडे कुशल नेतृत्वको छाप : डीएसपी इकवाल हवारीकाे सम्मान सहित बिदाइ

बाजुरा ःजिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नुवाकोट जान लागेका अवसरमा सम्मान सहित बिदाइ गरिएको छ। साथै नयाँ प्रमुखका रुपमा सरुवा भई आउनुभएका शैलेश्वरी बोहरालाई स्वागत गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको पत्रादेश अनुसार आयोजित “स्वागत तथा फेरि भेटौँला” कार्यक्रममा मायाको चिनो सहित सम्मान आदान-प्रदान गरिएको थियो।

१३ महिनाको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै बिदाइ भएका डीएसपी हवारीले बाजुरामा शान्ति-सुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सबै पक्षको साथ, समन्वय र सहकार्यले आफूलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

उनले पालिका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय तथा मातहतका प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै बाजुरा र बाजुरेलीप्रति सदैव आत्मीयता र सम्मान रहने उल्लेख गरेका छन्।

प्रतिक्रिया