गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

दार्चुलामा फेसबुकमा मृत्युबारे स्टाटस लेखेका प्रधानाध्यापक विद्यालयमै मृत भेटिए

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ०४, २०८३
दार्चुलामा फेसबुकमा मृत्युबारे स्टाटस लेखेका प्रधानाध्यापक विद्यालयमै मृत भेटिए

बाजुरा ःदार्चुलामा प्रधानाध्यापक विद्यालयमै मृत भेटिएका छन् । जिल्लाकाे ब्यास गाउँपालिका-४ काे सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक  बलदेव सिंह धामी साेमबार विद्यालयकै निवासमा  मृत भेटिएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गाैरव महतले उनी विद्यालयकाे निवासमा बिहान ६ बजेतिर मृत भेटिएकाे जानकारी दिए ।

उनकाअनुसार स्थानीय प्रहरी चाैकीबाट खटिएकाे टाेलीले घटनास्थल सिल गरेका छन् भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी अनुसन्धानमा खटिएको छ ।

मृत भेटिनुभन्दा केही समयअघि उनले सामाजिक सञ्जाल फेसबुकमा मृत्युुबारे लामाे स्टाटस लेखेकाे पाइएकाे छ । त्यसबारे पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया