गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:२८

वडा सदस्यकाे निधनप्रति शोक : बुढीगंगामा बिहीबार सार्वजनिक बिदा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ३०, २०८३
वडा सदस्यकाे निधनप्रति शोक : बुढीगंगामा बिहीबार सार्वजनिक बिदा

बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिकाले नगरसभा सदस्य तथा वडा नम्बर ३ की महिला सदस्य कल्पना देवी थापाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको ५५ औँ नगर कार्यपालिका बैठकको निर्णय अनुसार बिहीबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा शोक बिदा दिइएको नगर प्रवक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।

मंगलबार साँझ बुढीगंगा नगरपालिका-३ निवासी ३७ वर्षीया महिला वडा सदस्य कल्पना देवी थापाको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो ।

फालासैन बजारबाट घर फर्किने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा लाग्दा उनी पैदल बाटोबाट करिब ५० मिटर तल सडकमा खसेकी थिइन् । घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ ।

नगरपालिकाले स्वर्गीय थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएको छ ।

No description available.

प्रतिक्रिया