गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०३:३४

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, नीति तथा कार्यक्रममा सांसदहरुको जिज्ञासामा जवाफ दिइँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ३०, २०८३
संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, नीति तथा कार्यक्रममा सांसदहरुको जिज्ञासामा जवाफ दिइँदै

काठमाडौँ ःप्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् ।

यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।

प्रतिक्रिया