गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४१

कवाडी खोलामा डुबेर बेपत्ता भएका किशोर मृत फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २८, २०८३
कवाडी खोलामा डुबेर बेपत्ता भएका किशोर मृत फेला

बाजुरा ःजिल्लाको हिमाली गाउँपालिका-१ मैतार्ना स्थित कवाडी खोलामा डुबेर बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला परेका छन् ।

०८३ वैशाख २७ गते अपराह्न करिब ३ः०० बजेको समयमा मैतार्ना निवासी चंखलाल थापाका छोरा अन्दाजी १४ वर्षीय नवराज थापा, विराज थापा, विशाल थापा र किस्मत थापा गरी चार जना किशोर नुहाउनका लागि कवाडी खोलामा गएका थिए ।

सोही क्रममा नवराज थापालाई खोलाले बगाएर बेपत्ता बनाएको भन्दै प्रहरी चौकी बिच्छ्यामा जानकारी गराइएको थियो । जानकारी प्राप्त हुना साथ प्रहरी चौकी बिच्छ्याबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरी टोली र स्थानीयबासीको सहयोगमा खोजतलास कार्य सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश कुमार शाहीले जानकारी दिएका छन् ।

त्यसैगरी, ०८३ वैशाख २८ गते बिहान ६ः०० बजेदेखि अस्थायी प्रहरी पोस्ट कवाडीबाट समेत थप प्रहरी टोली खोजतलासका लागि परिचालन गरिएको थियो ।

खोजतलासकै क्रममा दिउँसो करिब १ः०० बजे नवराज थापा बगेको स्थानबाट अन्दाजी ३०० देखि ४०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।
 

प्रतिक्रिया